जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

पाकिस्तानमा यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

काठमाडौं। पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन्। १६ जना गम्भीर घाइते छन् ।

पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा बिहीबार बन्दुकधारीले आक्रमण गरेका हुन्। आक्रमणमा महिला र बालबालिकाहरु पनि मारिएका छन्। आक्रमणको जिम्मा कसैले लिएको छैन।

बुधबार पनि खैबर पख्तुनख्वाह प्रान्तमा आक्रमण हुँदा १२ जना सुरक्षाकर्मी मारिएका थिए। अफगानिस्तानको सीमा नजिक पर्ने यो क्षेत्रमा सशस्त्र शिया र सुन्नी मुसलमानबीच दशकौंदेखि भूमिसम्बन्धी विवाद छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका