जोडिनुहोस
  • होमपेज
  • ‘पितरा पर्व’ मनाउँदै माझी समुदाय

विचित्र संसार

‘पितरा पर्व’ मनाउँदै माझी समुदाय

  • Sanchar NP
  • सोमवार, मंसिर २४, २०८१
‘पितरा पर्व’ मनाउँदै माझी समुदाय

काठमाडौं। माझी समुदायले ‘पितरा पर्व’ मनाइरहेका छन् । अन्य समुदायमा परिवारका सदस्य मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ । तर माझी समुदायमा भने अनौठो परम्परा छ, मरेका आफन्तको नाममा एक पटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन ।

अल्पसङ्ख्यकका रूपमा रहेका माझी समुदायले परम्परादेखि आफ्नो संस्कृतिअनुसार मनाउँदै आएको यो पर्वलाई ‘पितरा पर्व’ भनिने गरिएको हो । हरेक वर्ष दशैँको टीकाको भोलिपल्ट र तिहारको भाइटीकाको भोलिपल्ट यो पर्व आफ्नै रीतिरिवाजअनुसार मनाउने गरिन्छ ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० आँपचौरका रामकृष्ण माझीका अनुसार परम्परा जीवन्त राख्दै आएकाले एक वर्षको बीचमा परिवारमा कसैको ज्यान गएमा त्यस वर्षको दशैँ र तिहार पर्व सकिएको भोलिपल्ट आफ्नै संस्कृतिअनुसार मनाइँदै आइएको छ । नेवार समुदायको गाईजात्रा परम्पराझैँ झल्कने भएपनि पितरा पर्व फरक संस्कृति–रीति भएको आँपचौरकै ध्रुव माझीले बताए ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका