जोडिनुहोस
  • होमपेज
  • पुसको पहिलो दिन ५१.३७ अङ्कले घटेर २६ सय ३० विन्दुमा झर्‍यो नेप्से

पुसको पहिलो दिन ५१.३७ अङ्कले घटेर २६ सय ३० विन्दुमा झर्‍यो नेप्से

काठमाडौं। पुसको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५१.३७ अङ्कले घटेर दुई हजार ६ सय ३० दशमलव ९१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज जानकी फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ । नेप्से उच्च अङ्कले घटेको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय चार वटा कम्पनीका एक करोड २७ लाख कित्ता शेयर पाँच अर्ब ९३ करोड रुपैयाँमा कारोबार भएको छन् । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २६ करोड रुपैयाँको शेयर किनबेच भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका