जोडिनुहोस
  • होमपेज
  • पूर्वका ९ जिल्लामा बाढीको जोखिम

पूर्वका ९ जिल्लामा बाढीको जोखिम

महाशाखाले आज बिहान जारी गरेको सूचना अनुसार ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना छ। त्यसैले आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाइ राख्न महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार ठूला नदीहरूमा बाढीको जोखिम नभए पनि साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम छ।

आज र भोलि कन्काई नदीको जलसतह उल्लेख्य रुपमा बढ्ने भए पनि सतर्कता तहभन्दा तलै रहने सम्भावना छ। जलसतह उल्लेख्य बढ्ने भएकाले कन्काई नदी किनार क्षेत्रमा भने उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ।

नेपालका ठूला नदीहरू कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सामान्य मात्र घटबढ हुने र सतर्कता तहभन्दा तलै रहने सम्भावना छ। त्यसैले यी नदी किनारमा आज र भोलि सामान्य सतर्कता अपनाउन महाशाखाले भनेको छ।

भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास भई बग्ने केही साना नदीहरूको बहाव भने बढ्ने पूर्वानुमान छ। त्यसैले बहाव बढ्ने पूर्वानुमान गरिएका नदी किनारमा सतर्कता अपनाइ राख्न महाशाखाले सुझाव दिएको छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका