जोडिनुहोस
  • होमपेज
  • पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन्।

सरकारले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पछि विराटनगर–६ निवासी निर्मला शर्माकी ४२ दिने शिशुको हातबाट जुस खाएर कार्कीले राति अनशन तोडेका हुन्।

कार्कीले उठाएका माग पूरा गर्ने विषयमा कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी बिच सहमति भएको थियो। वार्ताका लागि मन्त्री अधिकारी अनशन स्थल पुगेका थिए।

आफ्नो सरकारले ल्याएका जनप्रिय कार्यक्रमहरू कटौती भएको भन्दै कार्कीले मङ्गलबारबाट कोशी प्रदेश सभा नजिकै देवकोटा चोकमा आमरण अनशन सुरु गरेका थिए।

कार्कीले आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनशन सुरु गरेका थिए।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका