जोडिनुहोस
  • होमपेज
  • पूर्व मन्त्री अधिकारीमाथि मुद्धा नचल्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट

पूर्व मन्त्री अधिकारीमाथि मुद्धा नचल्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। कोशी प्रदेशका पूर्व कानून मन्त्री लिलाबल्लभ अधिकारीमाथि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गरेको मुद्धा नचल्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग राखी आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा नचल्ने निर्णय बदर हुनुपर्ने र उनीमाथि फेरि अनुसन्धान गरी मुद्दा दायर गर्न निर्देशन दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारी गत सोमबार जिल्ला सरकाररुी वकिल कार्यालय काठमाडौंको निर्णय पछि थुनामुक्त भएका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ ।

एमाले प्रदेश सांसद अधिकारी गत कार्तिक २५ गते पक्राउ गरेका थिए । जापान जाँदा नक्कली कागजात बनाएर मन्त्रालयसँग असम्बन्धित मान्छे लगेको उनीमाथि आरोप लागेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका