जोडिनुहोस
  • होमपेज
  • पेन्टागन कलेजमा अध्ययनरत छात्रा गौशालामा मृत फेला

पेन्टागन कलेजमा अध्ययनरत छात्रा गौशालामा मृत फेला

काठमाडौं। काठमाडौंको गौशालास्थित राममन्दिर नजिकै जङ्गलमा एकजना छात्रा मृत फेला परेकी छन्। तिनकुनेस्थित पेन्टागन कलेजमा १२ कक्षामा अध्ययनरत मनिषा मिजार मृत भेटिएकी हुन्।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए। शखरापुर नगरपालिका–५ घर भएर परिवारसँग शान्तिनगर बस्ने २० वर्षीया मिजारको शवसँगै फेला परेको ‘ओस्ताज’ नामक विषादीको बट्टा प्रहरीले बरामद गरेको छ।

आइतबार उनी हराएको भन्दै परिवारले प्रहरी वृत बानेश्वरमा निवेदन दिएका थिए। घटनास्थलमा ‘सुसाइट नोट’ पनि भेटिएको।

सुसाइट नोटमा उनले लेखेकी छन्, ‘बाँच्न मन छैन, सबैतिर म असफल भएँ।’ एक पेज लामो नोटमा थप लेखिएको छ, ‘कसैले जीवित देखे बचाउन तिर नलाग्नुस्, मलाई मर्न दिनुस्।’

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका