जोडिनुहोस
  • होमपेज
  • पोखराको बाँझो जग्गामा कागतीखेती

पोखराको बाँझो जग्गामा कागतीखेती

गण्डकी। पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्षदेखि कागतीखेती सुरु गरेका छन् ।

गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए।

कागतीखेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यक्रमबाट अनुदान सहयोग पनि पाएका छन् ।

कार्यक्रमका लागि कुल लागत सात लाख ८१ हजार चार सय रहेकामा आयोजनाबाट तीन लाख ९० हजार सात सय स्वीकृत अनुदान रहेको छभने तीन लाख ९० हजार सात सय त्रिपाठी स्वयंले व्यहोर्नुछन् । कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सृजना गर्ने उनको लक्ष्य छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका