
पोखरा। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोकस्थित एक पसलमा आगलागी हुँदा लाखौको क्षति भएको छ।
कृष्ण ढकाल र अनिल ढकालले संयुक्त रुपमा सञ्चालन गरेको ट्रस र जस्ता पाताले बनेको बाँसले बारेको द स्केट पार्क प्रालिमा गएराति आगलागी भएको हो।
आगलागीमा पसल पूरै जलेर क्षति भएको कास्की प्रहरीले जनाएको छ। उक्त आगो वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट जुत्ता, कम्प्युटर, टीभी, जेनरेटर ब्याट्री, इन्भर्टर ब्याट्री, सीसीटीभी क्यामेरा जलेर नष्ट भएको छ। आगलागीको कारण खुलेको छैन। प्रहरीले बिजुलीको लाइन सर्ट भएर आगलागी भएको अनुमान गरेको छ।