काठमाडौं। पोखरामा सहकारीका पीडित र रास्वपा सभापति रवि लामिछानेका समर्थकबिच भिडन्त भएको छ । सहकारी ठगी प्रकरणमा दोषी देखिएका सभापति लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितले गरेको प्रदर्शनमा झडप भएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा सूर्य दर्शन सहकारीका पीडित र सभापति लामिछानेका समर्थकहरू आमनेसामने भएका थिए । सहकारी पीडितले रविलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरिरहँदा रास्वपा समर्थकले भने पक्रन नहुने भन्दै प्रदर्शन गरेका छन् ।
पोखराको शहीदचोकमा रास्वपाको विरोध प्रदर्शन भएको थियो भने नजिक रहेको प्रशासन कार्यालयअगाडि सहकारी पीडितले प्रदर्शन गरेका हुन् ।