काठमाडौं। आज प्रतिनिधि सभाको बैठक बस्दै छ। दिउँसो १ बजे संसद्को बैठक बस्ने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।
आजको बैठकको निम्न बमोजिमको सम्भावित कार्यसूची रहेको छ।
राष्ट्रपतिको कार्यालयको पत्र
सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने।
प्रश्नोत्तर
शहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने।
समितिको कार्यावधि थप
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका माननीय सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने।
समितिको प्रतिवेदन पेस
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मर बहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१“ र “सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने।
व्यवस्थापन कार्य
उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेललेः
(क) “धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्“ भनी प्रस्ताव प्रस्तुत गर्ने।
(ख) “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्“ भनी प्रस्ताव प्रस्तुत गर्ने।