जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधि सभामा एमाले र माओवादीबीच जुहारी, बैठक स्थगित

प्रतिनिधि सभामा एमाले र माओवादीबीच जुहारी, बैठक स्थगित

काठमाडौं। ‘हिंसा’ शब्दमा नेकपा एमाले र माओवादी केन्द्रले फेरि जुहारी खेलेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

गत भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले संसद्को विशेष समयमा बोल्ने क्रममा माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि माओवादी केन्द्रले त्यो शब्द रेकर्डबाट हटाउन माग गरेको थियो।

सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा ‘हिंसा’ भन्ने शब्द असंसदीय नरहेको र रेकर्डबाट हटाउन नपर्ने भनेर निर्णय सुनाएपछि माओवादी बिच्किएको हो।

उनले पछिल्लो कतिपय अवस्थामा प्रतिकात्मक रुपमा शब्दहरू प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेको पाइए भन्दै शब्द चयनमा ख्याल गर्न पनि सांसदहरूलाई रुलिङ गरे।

तर नेकपा माओवादी केन्द्रले संविधान विपरीत निर्णय गरिएको भन्दै आफूहरूलाई मान्य नहुने बतायो। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जनयुद्धलाई होच्याइएको भन्दै सभामुखले निर्णय आफूहरूलाई मान्य नहुने बताए।

त्यसपछि एमाले र माओवादीका सांसदबीच जुहारी चल्यो। सभामुखले समय दिएपछि माओवादीका हितराज पाण्डे, देवेन्द्र पौडेल, एमालेका रघुजी पन्त, महेश बर्तौलाले बोले।

तै पनि जुहारी नसकिएपछि संसद् चलाउन सक्ने अवस्था नभएको भन्दै सभामुख घिमिरेले बैठक भदौ ३० गते आइतबार बस्नेगरी स्थगित गरेका हुन्।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका