काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औ महासभामा भाग लिन अमेरिका गएका बेला अमेरिकाको न्युयोर्कस्थित दुईवटा विश्वविद्यालयमा सम्बोधन गर्ने भएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा कोलम्बिया र हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने बताएका हुन्।