जोडिनुहोस
  • होमपेज
  • प्रवेश परीक्षाको नतिजा त्रुटिबारे छानबिन गर्न संसदीय समितिको निर्देशन

प्रवेश परीक्षाको नतिजा त्रुटिबारे छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं। संसदीय समितिले एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन निर्देशन दिएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसकोे बैठकमा सांसदहरले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि खेलबाड प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए । बैठकमा उपस्थित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले सो गम्भिर त्रुटि गरेको स्वीकार गर्दै छानबिन गर्ने बचन दिएकी थिइन् ।

बैठकले विद्यार्थीहरुलाई विश्वासमा लिएर त्रुटि सच्याउन शिक्षा र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । साथै तत्काल छानविन समिति गठन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न पनि भनेको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका