जोडिनुहोस
  • होमपेज
  • प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतमाथि सार्वजनिक उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतमाथि सार्वजनिक उजुरी आह्वान

काठमाडौं। प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूतमाथि सार्वजनिक उजुरी आह्वान भएको छ।

बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल उपर उजुरी आह्वान गर्ने निर्णय भएको समितिका उपसचिव सिर्जना बरालले जानकारी दिइन्।

समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरिन्।

उक्त प्रस्ताव समितिबाट पारित भएपछि सभापति न्यौपानेले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिएकी हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका