समाचार
प्रस्तावित १६ राजदूत सुनुवाइ समितिबाट अनुमोदित, ४ जनाको नाममा जसपा नेपाल र रास्वपाको फरक मत
0 टिप्पणी
काठमाडौं। संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ जना राजदूतहरूको नाम बहुमतले अनुमोदन गरेको छ ।
१७ जना प्रस्तावित भएकोमा श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको स्नातक तहको प्रमाणपत्र नभेटिएपछि अर्को बैठकमा मात्र निर्णय भएको छ।
जसपा नेपाल र रास्वपाले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमल्सिना, इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित र भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको नाममा फरकमत राखेका छन्।
यस्तो छ फरक मत