जोडिनुहोस
  • होमपेज
  • फेरि बुद्ध एयरका यात्रुले ‘इमरजेन्सी’ ढोका खोले

फेरि बुद्ध एयरका यात्रुले ‘इमरजेन्सी’ ढोका खोले

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार काठमाडौंबाट जनकपुरका लागि उडेको विमान खराब मौसमका कारण विराटनगर पुगेको थियो ।

जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा जहाजको इमरजेन्सी ढोका छेवैमा बसेका यात्रु पंकजविक्रम शाहले इमर्जेन्सी ढोका खोलेका थिए ।

उक्त घटनापछि चालक दलले जहाज पार्किङ वे मै फर्काएका थिए । जहाजको प्राविधिक जाँच भइरहेको बताइएको छ । विगत केही सातायता यात्रुले हवाइजहाजका इमरजेन्सी डोर (आपतकालीन ढोका) खोलेको यो तेस्रो घटना हो ।

२ अक्टोबरका दिन विराटनगरबाट काठमाडौंको उडानमा र ७ अक्टोबरका दिन नेपालगञ्जबाट काठमाडौंको उडानमा पनि यात्रुले इमर्जेन्सी ढोका खोलेका थिए ।

यसले उडान प्रक्रियालाई नै अवरुद्ध गरी उडान तालिकालाई थप प्रभावित बनाएको बुद्ध एयरले जनाएको छ। बिहीबार बिहान जनकपुर विमानस्थलको अनुकूल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो ।

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ । बुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ ।

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ ।विमान कम्पनीले उडान सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउँछन्।

जनकपुर विमानस्थल प्रमुख भीमदत्त पन्तले ती यात्रुको मनोविज्ञानबारे जाँचबुझ भइरहेको बताए ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका