जोडिनुहोस
  • होमपेज
  • फ्रान्समा श्रीमतीलाई बेहोश बनाएर बलात्कार गराउने पुरुषलाई २० वर्षको जेल सजाय

फ्रान्समा श्रीमतीलाई बेहोश बनाएर बलात्कार गराउने पुरुषलाई २० वर्षको जेल सजाय

काठमाडौं। फ्रान्समा श्रीमतीलाई बेहोश बनाएर अरू पुरुषहरूबाट बलात्कार गराउने एक पुरुषलाई अदालतले २० वर्षको सजाय सुनाएको छ । डोमिनिक पेलिको नाम गरेका पुरुषले श्रीमतीलाई बेहोश बनाउने औषधि दिएर एक दशकको अवधिमा कैयौं अपरिचित व्यक्तिबाट बलात्कार गराएको पुष्टि गर्दै अदालतले सजाय तोकेको बीबीसीले जनाएको छ ।

अदालतले डोमिनिकलाई २० वर्षको र अरू ५० जना अभियुक्तलाई ३ देखि १५ वर्षको जेल सजाय सुनाएको छ । ७२ वर्षीय डोमिनिक पेलिकोविरुद्ध उनकै श्रीमतीले बलात्कारका ९१ वटा मुद्दा दर्ता गरेकोमा प्रहरीले ५१ जनालाई पक्राउ गरेको थियो ।

सबै अभियुक्त डोमिनिकसँग इन्टरनेटमार्फत सम्पर्कमा आएका थिए । महिलालाई बलात्कार गर्नेमा फायरम्यान, लरी चालक, नगरपालिका काउन्सिलर, बैंक कर्मचारी, जेल गार्ड, नर्स र पत्रकारलगायत छन् ।

प्रहरीका अनुसार डोमोनिकले श्रीमतीलाई खानामा बेहोश हुने औषधि खुवाएपछि अरू पुरुषलाई बोलाएर बलात्कार गराउँथे र घटनाको भिडियो पनि बनाउँथे । घटना सन् २०११ देखि २०२० सम्म भएको थियो । घटना हुँदा बेहोश बनाउने भएकोले महिलालाई आफू बलात्कृत भएको बारेमा थाहा थिएन ।

डोमिनिक अरू नै मुद्दामा पक्राउ परेपछि उनको कम्प्युटर जाँच गर्दा श्रीमतीसँग अरू पुरुषले यौन सम्बन्ध राखेका भिडियोहरू भेटिएपछि अनुसन्धान अघि बढेको बीबीसीले जनाएको छ । कैयौं भिडियो रहेकामा सबैमा उनी बेहोश देखिएकी थिइन् ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका