जोडिनुहोस
  • होमपेज
  • बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई सङ्ग्रहालय बनाइने

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई सङ्ग्रहालय बनाइने

काठमाडौं। बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई सङ्ग्रहालय बनाइने भएको छ। बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरेका छन्।

‘सङ्ग्रहालयले हसिनाको कथित कुशासन र उनलाई सत्ताबाट हटाउनका लागि जनताले गरेको सङ्घर्षका सम्झनाहरू जोगाउनेछ,’ युनुसले गणभवन दरबारको भ्रमणका क्रममा सोमबार भने।

पूर्वप्रधानमन्त्री हसिना ‘एन्टी–डिस्क्रिमिनेसन स्टुडेन्ट मुभमेन्ट’का कारण गत अगस्ट ५ मा देश छाडेर भागेकी थिइन्। उनको बहिर्गमनपछि ८४ वर्षीय युनुस देशको मुख्य सल्लाहकारमा नियुक्त भएका थिए।

हसिनामाथि डेढ दशक लामो शासनकालमा राजनीतिक विपक्षीहरूलाई नजरबन्दमा राख्ने र गैरन्यायिक हत्यालगायतका व्यापक मानवअधिकार उल्लङ्घन गरेको आरोप छ। बंगलादेशको एक अदालतले उनलाई पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ।

हसिनालाई पतन गराउने आन्दोलनमाथि गरिएको चरम प्रहरी दमनका कारण कम्तीमा ७ सय जनाको ज्यान गएको थियो। अगष्ट ५ मा हसिना भागेसँगै सयौँ आन्दोलनकारीले ‘दमनको प्रतीक’ भन्दै उनको निवासमा आक्रमण गरेका थिए। त्यसका साथै आन्दोलनकारीले हसिनाका बुबा तथा बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको घरमा रहेको सङ्ग्रहालयमा पनि तोडफोड गरेका थिए।

बंगलादेशबाट भागेपछि हसिना हालसम्म सार्वजनिक रूपमा देखिएकी छैनन्। ७७ वर्षीय हसिना अन्तिम पटक भारतको राजधानी नयाँदिल्ली नजिकैको सैन्य हवाई अखडामा पुगेको बताइएको थियो।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका