
जिल्ला प्रशासन कार्यालय नवलपरासीले मङ्गलबार एक सूचना प्रकाशित गर्दै असोज १५ गते राति १० बजेदेखि असोज १६ गते बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने जनाएको छ।
बर्दघाट नगरपालिका–४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा रिटेनिङ वाल भत्किएको छ। साथै करिब ४ सय मिटर सडक भास्सिएको छ। सडक भास्सिँदा विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढलेको छ।सोमबार साँझबाट अवरुद्ध बाटो रातभर काम गरी मंगलबार बिहान पौने ९ बजे एकतर्फी खुला गरिएको थियो।
सडक मर्मत गरी सहज यातायात खुलाउने प्रयोजनका लागि मङ्गलबार रातभरि बन्द गरिने प्रशासनले जनाएको छ।
बर्दघाट बजारबाट दाउन्ने बजारसम्म अत्यावश्यकबाहेकका सबै सवारी साधन बन्द हुने प्रशासनले उल्लेख गरेको छ ।
हेर्नुहोस् सूचना