नयाँदिल्ली। बलिउड अभिनेत्री मलाइका अरोराका बुबा अनिल अरोराको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूमा छापिएका खबरहरूका अनुसार उनको पिता अनिल अरोराले आत्महत्या गरेका हुन् ।
आत्महत्याको खबर पाएलगत्तै मलाइकाका पूर्व पति अरबाज खानसहित उनका परिवारका सदस्यहरु उनको माइती पुगेका छन् । न्युज एजेन्सी एएनआईका अनुसार अनिलले बान्द्रापस्थित आफ्नो घरको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ ।
प्रहरीका उच्च अधिकारी घटनास्थल पुगेका छन् र अहिलेसम्म कुनै सुसाइड नोट फेला परेको छैन । अधिकारीहरूले आत्महत्याको सम्भावित कारणहरू अझै पत्ता लगाउन सकेका छैनन्।
मलाइका अरोरा ११ वर्षकी हुँदा उनका आमाबाबु अलग भएका थिए ।