जोडिनुहोस
  • होमपेज
  • बागमती प्रदेश सभाको बैठक बस्दै

बागमती प्रदेश सभाको बैठक बस्दै

मकवानपुर। बागमती प्रदेश सभाको बैठक आज बस्दैछ। प्रदेश सभा सचिवालयका अनुसार चौथो अधिवेशनको ३६औँ बैठक दिउँसो १ बजे बस्न लागेको हो।

आजको बैठकमा विभिन्न संसदीय समितिबाट पारित भई प्रदेश सभा सचिवालयमा दर्ता भएका विद्येयकहरुको प्रतिवेदन प्रस्तुत गर्नै कार्यसूची रहेको छ।

शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट पारित भएका प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’, ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ र उद्योग, पर्यटन तथा वातावरण समितिबाट पारित भएको प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ माथि छलफल हुने सचिवालयले जनाएको छ।

बागमती प्रदेश सभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका