जोडिनुहोस
  • होमपेज
  • बाढीपहिरोले महँगियो तरकारी

समाचार

बाढीपहिरोले महँगियो तरकारी

  • Sanchar NP
  • मङ्लबार, बैशाख १६, २०८२
बाढीपहिरोले महँगियो तरकारी

काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोले कालीमाटीमा तरकारी महँगिएको छ।

पहिरोले राजमार्ग अवरुद्ध हुँदा कालीमाटीमा तरकारीको आपूर्ति हुन सकेको छैन। साथै मौज्दात तरकारीमा समेत क्षति पुगेपछि कालीमाटीमा आइतबार अधिकांश तरकारी महँगिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सानो गोलभेँडा, लौका, हरियो फर्सी, इस्कुस, पालुँगो साग, तोरीको सागको भाउ दुई दिनमै दोब्बर भएको छ।

प्याज, बन्दा, काउली, मुला, बोडी, तिते करेला, लौका, घिरौँला, हरियो फर्सी, इस्कुस, साग लगायत सबैजसो तरकारीको भाउ उच्च दरले महँगिएको छ।

समितिका अनुसार आइतबार भारतीय ठूलो गोलभेँडा प्रतिकिलो अधिकतम १२० रुपैयाँ छ। त्यस्तै सानो गोलभेँडा ८०, टनेल गोलभेँडा १००, रातो आलु ८२, भारतीय प्याज १२२, स्थानीय काउली १५०, तने बोडी १२०, घिउ सिमी १००, तिते करेला १२०, लौका १००, घिरौँला १४०, रायो साग १५०, पालुँगो साग २००, तोरीको साग १००, कन्य च्याउ १८०, डल्ले च्याउ ३२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ।

केही दिनअघिसम्म प्रतिकिलो ३० रुपैयाँ रहेको इस्कुस ६० रुपैयाँ पुगेको छ। स्थानीय बन्दा ९०, पाकेको फर्सी ५०, हरियो फर्सी ६० रुपैयाँ प्रतिकिलो पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका