
काठमाडौं। गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुगेको छ।
शुक्रबार आएको बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुगेको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै ५५ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको छ। यसैबीच नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले ३ हजार ६६१ जना भन्दा बढीको उद्धार गरेको छ।
उद्धारको क्रममा १०१ जना घाइते समेत छन्। विभिन्न ठाउँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत पनि उद्धारको काम भइरहेको छ।