जोडिनुहोस
  • होमपेज
  • बाढी, पहिरो र डुबानमा फसेका १६१ जनाको हेलिकोप्टरबाट उद्दार

बाढी, पहिरो र डुबानमा फसेका १६१ जनाको हेलिकोप्टरबाट उद्दार

काठमाडौं। गृह मन्त्रालयले हालसम्म नेपाली सेनाको हेलिकोप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्दार गरेको छ । गृह मन्त्रालयकका प्रवक्ता एवं सहसचिब ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्दार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए।

खराब मौसमका कारण शनिबार नै हेलिकोप्टर त्यहाँ पठाइए पनि उद्दार गर्न असहज भएको थियो । काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीनवटा हेलिकोप्टरले उद्दार कार्य जारी राखेको छ । प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकहरूको उद्दारमा सेनाले लगातार हवाई उद्दार गरिरहेको बताए।

त्यसैगरी शनिबार काठमाडौं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाई उद्दार गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए।

गृह मन्त्रालयको तथ्याङक अनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् । गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्दार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सुचारु गर्न तदारुकपताका साथ लाग्न निर्देशन दिइसकेका छन्।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका