जोडिनुहोस
  • होमपेज
  • बाल यौन दुराचार आरोपमा शिक्षक पक्राउ

बाल यौन दुराचार आरोपमा शिक्षक पक्राउ

लमजुङ। बाल यौन दुराचार गरेको आरोपमा लमजुङ प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ।

भारतको दार्जीलिङ घर भई २ वर्षदेखि लमजुङको बेँसीसहर नगरपालिकास्थित एक निजी विद्यालयमा पढाउँदै आएका ३६ वर्षीय मनिष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार गुरुङविरुद्ध ९ वर्षीया बालिकालाई यौन दुराचार आरोपमा पक्राउ गरी मुद्दा अघि बढाएको छ। गुरुङलाई बुधबार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको हो।

प्रहरीका अनुसार ती शिक्षकले सोमबार बिहान आफ्नै कोठामा बोलाएर ती बालिकामाथि यौन दुराचार गरेको आरोप लागेको छ। ‘बालिका पढ्न कमजोर भएको भन्दै पढ्नका लागि आइतबार नै शिक्षकले कोठामा बोलाएछन्। सोमबार बिहान पनि बोलाएछन्। त्यतिबेला अवान्छित गतिविधि भएछ,’ प्रहरीले भन्यो।

बालिकाले घरमा फर्केर शिक्षकले गरेको गतिविधिबारे जानकारी गराएपछि अभिभावकले सोमबार प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि ती शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार ती शिक्षकले बालिकामाथि गरेको क्रियाकलाप स्वीकार गरेका छन्।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका