जोडिनुहोस
  • होमपेज
  • बीपी राजमार्गको नेपालथोकमा अस्थायी ट्रयाक खोल्न थालियो

बीपी राजमार्गको नेपालथोकमा अस्थायी ट्रयाक खोल्न थालियो

काठमाडौं। बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नेपालथोकमा शनिबार आएको रोशी खोलाको बाढीले सडक बगाएपछि अस्थायी ट्रयाक खोल्न थालिएको छ ।

सडक विभागले मंगलबारदेखि बीपी राजमार्गको नेपालथोकबाट सडकको अस्थायी ट्र्याक खोल्न थालेको हो । त्यसका लागि रोशी खोलाभित्रै डोजर परिचालन गरिएको छ । पहिले डोजरले रोशीको बहावलाई पूर्वतर्फ धकेलेपछि नदीको पश्चिम किनाराबाट अस्थायी ट्रयाक खोल्न लागिएको हो । नेपालथोकमा रोशीले बीपी राजमार्गको दुई सय मिटरभन्दा धेरै सडक पूरै बगाएर लगेको छ । बीपी राजमार्गमा रोशीले यहाँ सबैभन्दा धेरै क्षति गरेको छ

सडक विभागकाअनुसा महोत्तरीको बर्दीबासदेखि नेपालथोकसम्मको सडक आइतबारदेखि नै खुलेको छ । तर नेपालथोकदेखि काठमाडौंतर्फको सडक १० भन्दा धेरै ठाउँमा पूरै ध्वस्त भएको छ । रोशी–नेपालथोक खण्डमा दुई हजार ५० मिटर सडकको नदीमै मिसिएको छ । त्यहाँ मानिससमेत हिँड्न सक्ने अवस्था छैन ।

सडक विभागले यातायात सञ्चालन गर्न नयाँ ट्र्याक नै खोल्नुपर्ने निष्कर्ष निकालेको छ। विभागले तिहारसम्म ट्र्याक खोलेर यातायात सञ्चालन गर्न सकिने अनुमान गरेको छ। सडक विभागले धुलिखेल–भकुन्डेबेँसी खण्ड पनि सोमबार साँझदेखि सञ्चालनमा ल्याएको छ । तर रोशी–नेपालथोक खण्डको सडक ठाउँ ठाउँमा पूरै क्षतविक्षत भएकाले यस पटकको दशैँमा काठमाडौंबाट यो मार्ग हुँदै मधेश र पूर्वी नेपाल जान असम्भव भएको हो ।

रोशीखोलाले बीपी मार्गको नेपालथोक सडकखण्डमा प्रहरी चौकीभन्दा एक सय मिटरमाथिको सडक पूरै झारेको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका