जोडिनुहोस
  • होमपेज
  • बुद्ध एअरले भारतको वाराणसीमा उडान थप्यो

बुद्ध एअरले भारतको वाराणसीमा उडान थप्यो

काठमाडौं। निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ।

उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने जनाएको छ। बुद्ध एअरले साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ। साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

बद्ध एअरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको छ। यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ। काठमाडौंबाट वाराणसी ५० मिनेटको उडानमा पुग्न सकिन्छ।

वाराणसीका लागि सुरुआती एकतर्फी भाडा ११ हजार ३६० रुपैयाँ रहेको छ। काठमाडौंबाट बिहान ७ः१५ बजे तथा वाराणसीबाट ८ः३० बजे उडान समय तोकिएको छ। बुद्ध एअरसँग हाल एटीआर–४२ दुई र एटीआर–७२ १६ वटा गरी कुल १८ विमान छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका