जोडिनुहोस
  • होमपेज
  • बेलायतले लगानी सम्मेलनमा एलन मस्कलाई नबोलाउने

बेलायतले लगानी सम्मेलनमा एलन मस्कलाई नबोलाउने

काठमाडौं। एलन मस्कलाई बेलायत सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा निमन्त्रणा नदिएको विषय चर्चामा रहेको छ।

गत महिना बेलायतमा भएको दङ्गाका क्रममा उनले सामाजिक सञ्जालमा पोष्ट गरेका कारण उनलाई यो सम्मेलनमा निमन्त्रणा नगरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

गत महिना साउथपोर्टमा छुरा प्रहार गरी तीन बालिकाको हत्या भएपछि देशभर हिंसात्मक झडप भएको थियो। यसपछि मस्कले बेलायतका प्रधानमन्त्री किअर स्टार्मरलाई आफ्नो सामाजिक सञ्जाल एक्समा लगातार हमला गर्दै देश गृहयुद्ध तर्फ गइरहेको उल्लेख गरेका थिए।

आगामी अक्टोबरमा हुन लागेको लगानी सम्मेलनमा विश्वभरका ठूला लगानीकर्ताको सहभागिता रहने अपेक्षा गरिएकोमा मस्कलाई बेलायत सरकारले निमन्त्रणा नगरेको बीबीसीले उल्लेख गरेको छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका