जोडिनुहोस
  • होमपेज
  • भारतमा रेल दुर्घटनामा परी तीन जना नेपालीसहित १३ जनाको मृत्यु

भारतमा रेल दुर्घटनामा परी तीन जना नेपालीसहित १३ जनाको मृत्यु

काठमाडौं। भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा तीन जना नेपाली सहित १३ जनाको मृत्यु भएको छ । उत्तरप्रदेशको लखनउबाट मुम्बइतर्फ गइरहेको पुष्पक एक्सप्रेसको रेलको एउटा डब्बामा आगो लागेको झुटो हल्ला फैलिएपछि आत्तिएका यात्रुहरू हामफाल्दा विपरीत दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसले उनीहरूलाई किचेको थियो ।

सो दुर्घटनामा अन्य १० जना घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उक्त घटनामा तीन जना नेपालीको पनि ज्यान गएको छ । मृतक नेपालीहरूमा लछिराम पासी, कमला नविन भण्डारी र नन्दराम विश्वकर्मा रहेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ ।

उत्तर महाराष्ट्रको जलगाउँ जिल्लामा बुधबार साँझ उक्त दुर्घटना भएको हो । घटनास्थल मुम्बईबाट चार सय किलोमिटरको दूरीमा रहेको जनाइएको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका