जोडिनुहोस
  • होमपेज
  • मंगलबार ५९ अंकले घट्यो नेप्से

आर्थिक

मंगलबार ५९ अंकले घट्यो नेप्से

  • Sanchar NP
  • आइतवार, मंसिर ३०, २०८१
मंगलबार ५९ अंकले घट्यो नेप्से

काठमाडौं। सेयर कारोबार मापक नेप्से ५८ दशमलब ९३ अंकले घटेर २ हजार ४ सय ७० दशमलब ३९ विन्दुमा झरेको छ । सोमबार नेप्से ५९ अंकले घटेको थियो ।

अघिल्लो दिन कारोबारमा आएकामध्ये १० कम्पनीको सेयर मूल्य बढ्यो भने २ सय ३३ वटा कम्पनीको घटेको छ । बाँकी एउटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

मंगलबार ७७ हजार २ सय ६४ सेयर कारोबार हुँदा १ करोड ५५ लाख ५ हजार कित्ता किनबेच भयो । ती किनबेचमा ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम सामान्य बढेको हो । सोमबार ५ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका