जोडिनुहोस
  • होमपेज
  • मनाङको नेस्याङमा भूकम्पको धक्का महसुस

मनाङको नेस्याङमा भूकम्पको धक्का महसुस

काठमाडौं। मनाङमा बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान ७ः३७ बजे मनाङको नेस्याङ क्षेत्र केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । यसअघि हिजो मात्रै बझाङको धामेना क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यही स्थानलाई केन्द्रबिन्दु बनाएर मंगलबार पनि ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । लगातारका यी भूकम्पले प्रभावित क्षेत्रका जनतामा त्रास बढाएको छ । विज्ञहरूले सतर्कता अपनाउन सुझाव दिएका छन् ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका