जोडिनुहोस
  • होमपेज
  • मन्त्री पाण्डेसँग नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा भेट

मन्त्री पाण्डेसँग नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा भेट

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेट गरेका छन् ।

मंगलबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय हितका बारे छलफल भएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री पाण्डे र राजदूत अन्सारीबीचको भेटमा दुई देशबीचको संस्कृति, पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको थियो। छलफलका क्रममा विश्वकै उत्कृष्ट भनिएको कतार एयरयोजले अवलम्बन गरेका रणनीति र नेपाल एयरलाइन्सले अनुशरण गर्नुपर्ने विषयमा समेत कुराकानी भएको थियो ।

द्विपक्षीय भेटघाटका क्रममा परराष्ट्रमन्त्रालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका