जोडिनुहोस
  • होमपेज
  • मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पुगे खड्का

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पुगे खड्का

सङ्खुवासभा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृहजिल्ला सङ्खुवासभा आइपुगेका छन् । उनी मन्त्री भएपछि पहिलोपटक बुद्ध एयरको जहाजमार्फत गृहजिल्ला आएका हुन् ।

उनलाई सङ्खुवासभास्थित तुम्लिङटार विमानस्थलमा प्रमुख जिल्ला अधिकारी धुव्र खड्का, जिल्लास्थित नेपाली कांग्रेसका कार्यबाहक सभापति अनन्त गौलीलगायत स्थानीय जनप्रतिनिधि तथा जिल्लावासीले स्वागत गरेका छन् ।

स्थानीय वेषभूषामा सजिएका पञ्चकन्याले पुष्पगुच्छाले स्वागत गरेका थिए । मन्त्री खड्कासँगै मन्त्रालयका सचिवसहित उच्च पदस्थ अधिकारी सङ्खुवासभा आइपुगेका छन् ।

मन्त्री खड्काले गृहजिल्लामा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको मन्त्री खड्काका स्वकीयसचिव भुपालमान बस्नेतले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका