जोडिनुहोस
  • होमपेज
  • माओवादी बैठकः यी हुन प्रदेशगत इन्चार्जहरू

माओवादी बैठकः यी हुन प्रदेशगत इन्चार्जहरू

काठमाडौं। नेकपा माओवादी केन्द्रले नेताहरूको कार्य विभाजन गरेको छ । आज केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रदेशगत इन्चार्ज तोकेको सचिव राम कार्कीले बताए ।

आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागि थिए। तर, उनलाई कुनै प्रदेशगत जिम्मेवारी दिएको छैन । उनलाई पार्टी उपाध्यक्ष बनाउने भनिए पनि सचिवालय बैठकले निर्णय गरेको छैन।

प्रदेशगत इन्चार्जमा हरिबोल गजुरेललाई कोशी प्रदेशको जिम्मेवारी दिएको छ । मातृका यादवलाई मधेस, हितमान शाक्य बागमती, दिननाथ शर्मा गण्डकी, चक्रपाणि खनाल लुम्बिनी, कालीबहादुर मल्ल कर्णालीको जिम्मेवारी दिएको छ । यस्तै गिरिराजमणि पोखरेललाई सुदूरपश्चिमको जिम्मेवारी दिएको छ ।

विशेष प्रदेशमा जयपुरी घर्ती तोकिएको छ । यस्तै प्रवासमा सार्क समितिमा लक्ष्मण पन्त, राम कार्की युरोप–अमेरिका र ओम शर्मालाई एसिया समितिमा जिम्मेवारी दिएको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका