जोडिनुहोस
  • होमपेज
  • माथिल्लो तामाकोशी आयोजनामा पहिरो, दुई सुरक्षाकर्मीसहित चारजना बेपत्ता

माथिल्लो तामाकोशी आयोजनामा पहिरो, दुई सुरक्षाकर्मीसहित चारजना बेपत्ता

दोलखा। शुक्रबार र शनिबारको अविरल वर्षासँगै खसेको पहिरोमा परेर माथिल्लो तामाकोशी जलविद्युत आयोजना कार्यरत दुईजना सुरक्षाकर्मी सहित ४ जना बेपत्ता भएका छन् ।

बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनास्थलको संरचनाका लागि रहेको हेडवक्र्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा नेपाली सेनाका दुईजना र अन्य दुई कर्मचारी गरि चारजना बेपत्ता भएको आयोजनाले जनाएको छ।

पहिरोले ड्याम नजिकै रहेको हाइड्रोपावरको कन्ट्रोल बिल्डिङमा माथिबाट पहिरो झरेर बिल्डिङ पुरिँदा त्यहाँ बस्ने सुरक्षार्कीसहित ४ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा नवलपरासीका ३५ वर्षीय कृष्णप्रसाद चौधरी, बिगु गाउँपालिका– १ लामाबगरका ३० वर्षीय जयराम तामाङ, नेपाली सेनाका जवान नरेन्द्र बहादुर पाल र शंकर चन्द रहेका छन्।

उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पहिरोले सडक अवरुद्ध हुँदा खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ। पहिरोले आयोजनामा समेत ठूलो क्षति गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका