जोडिनुहोस
  • होमपेज
  • मानव अधिकार आयोगले बोलायो आईजीपी कुँवरलाई

मानव अधिकार आयोगले बोलायो आईजीपी कुँवरलाई

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने विषयमा सोधपुछ गर्नका लागि सोमबार कुँवरलाई आयोगमा बोलाइएको हो ।

लामिछानेलाई चितवन जिल्ला प्रहरी कार्यालयबाट पोखरामा रातारात दुर्व्यवहार गरेर लगेको आरोप रास्वपाको छ।

मापसे गरेका प्रहरीले लामिछानेलाई उठाएको, र बिहान जहाजमार्फत पुर्याउन अनुरोध गरे पनि गाडीमै लगिएको भन्ने आरोप लगाएका थिए।

यसबारे प्रश्न उठेपछि चितवन प्रहरीले आइतबार विज्ञप्ति जारी गर्दै यसबारे खण्डन गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका