जोडिनुहोस
  • होमपेज
  • मीनबहादुरले एमालेलाई दिएको जग्गा दानविरुद्ध परेको रिटको पेसी चुडाल र सुवेदीको इजलासमा

मीनबहादुरले एमालेलाई दिएको जग्गा दानविरुद्ध परेको रिटको पेसी चुडाल र सुवेदीको इजलासमा

काठमाडौं। भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई जग्गा दिएको विषयमा परेको रिट निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा छलफल हुँदैछ।

न्यायाधीशहरु डा. कुमार चुडाल र शारंगा सुवेदीको इजलासमा मुद्दाको पेसी तोकिएको छ।

यसअघि नै न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रक्रिया अघि नबढाउनु भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ। त्यसले निरन्तरता पाउने कि नपाउने भन्ने छलफलका लागि मुद्दाका दुवै पक्षलाई आज बोलाइएको छ।

कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गामा दसैँको अष्टमीको दिन अर्थात् असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिलान्यास गरेका थिए।

ज्ञानबहादुर बस्नेतसहितका रिट निवेदकले भाटभटेनी सुपर स्टोरका सञ्चालक गुरुङले दिएको जग्गाको स्रोत नखुलेकाले गैरकानुनी रूपमा पार्टीले लिन नमिल्ने तर्क गरेका छन्।

सुरुमा यो रिट सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिएका थिए। तर दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा दर्ता गर्न आदेश दिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका