जोडिनुहोस
  • होमपेज
  • मृत फेला परेका दुई बालिकाकी आमा प्रहरी नियन्त्रणमा

मृत फेला परेका दुई बालिकाकी आमा प्रहरी नियन्त्रणमा

मोरङ। मोरङको सुन्दरहरैचामा दुई नाबालिका छोरीलाई विष खुवाएर बेपत्ता बनेकी आमा अस्मिता पौडेल कार्कीलाई झापाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको सुन्दरहरैचा–७ बाट शनिबारदेखि बेपत्ता भएकी अस्मितालाई झापाबाट बुधबार बिहान नियन्त्रणमा लिइएको हो । दुई नाबालिका मृत फेला परेको सुन्दरहरैचा नगरपालिका–७ स्थित केराघारीभित्र तीन र एक वर्षीया नाबालिका मृत फेला परेका थिए । मृत्यु हुनेमा धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्कीका ३ वर्षीया छोरी आइका र १ वर्षीया अर्पणा रहेका छन् ।

मोरङ प्रहरी प्रमुख नवराज कार्कीका अनुसार अस्मिताले समेत छोरीलाई प्रयोग गरेको विष आफूले सेवन गरेको पाइएको छ । उनको शारीरिक र मानसिक अवस्थासमेत अस्वस्थ रहेको छ । पहिले आफूले विष सेवन गरेर सोही विष छोरीहरूलाई खुवाएको पाइएको छ,’ उनले भने, ’बच्चाहरूको तत्काल मृत्यु भएको थियो, उनी बेपत्ता थिइन्, पाँच दिनपछि उनको भने जीवित उद्धार गरिएको छ । प्रहरीले अस्मितालाई विराटनगरको एक अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ । घटनाबारे थप कुरा बुझ्न बाँकी रहेको उनले बताए ।

मामा लेखत खड्काका अनुसार श्रीमान्सँग विवाद भएपछि दुई छोरीलाई लिएर शुक्रबार बेलुकी साढे ६ बजे घरबाट हिँडेकी थिइन् । शनिबार अपरान्ह साढे चार बजे स्थानीय केराबारीमा दुई छोरी मृत फेला परेका थिए । अस्मिता भने बेपत्ता थिइन् । उनी झापा पुगेको जानकारीका आधारमा खोजतलास गर्दा बुधबार बिहान ६ बजे नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । नाबालिकाको शव नजिकै प्रहरीले विषादी फेला परेको थियो ।

बालिकाहरू केराघारीभित्र मृत अवस्थामा फेला परेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अस्मिताका श्रीमान् अर्जुन परिवारका साथ सुन्दरहरैचा–७ स्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । घर निर्माण भइरहेको कारण उनी र उनको परिवार दिदीको घरमा रहेका थिए ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका