जोडिनुहोस
  • होमपेज
  • मोटरसाइकल नालीमा खस्दा चालकको मृत्यु

मोटरसाइकल नालीमा खस्दा चालकको मृत्यु

नवलपरासी। नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सुनवल नगरपालिका–९ स्वाठी बस्ने २६ वर्षीय रामनाथ कंवरको मृत्यु भएको हो।

प्रहरीका अनुसार गएराति साढे १० बजेतिर सुनवल नगरपालिका–१२ फरौली र रामग्राम नगरपालिका–११ को सिमाना पश्चिमतिरबाट पूर्वतर्फ आउँदै गरेको लु १७ प ८७८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खसेकेको थियो।

घाइते कंवरलाई प्रहरीले जिल्ला अस्पताल परासी पठाएको थियो। करिब साढे ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका