जोडिनुहोस
  • होमपेज
  • यी पाँच जिल्लामा धेरै भारी वर्षा, २४घण्टामा कहाँ कति पर्‍यो पानी?

यी पाँच जिल्लामा धेरै भारी वर्षा, २४घण्टामा कहाँ कति पर्‍यो पानी?

काठमाडौं। पछिल्लो २४ घण्टामा पाँच जिल्लामा भारी वर्षा मापन भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलाम, सप्तरी, मोरङ, झापा र कैलालीमा चौबीस घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी परेको हो।

मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने अति भारी वर्षा भनिन्छ।

सप्तरीमा २४ घण्टामा १५१.८ मिलिमिटर वर्षा भएको छ। मोरङको विराटनगरमा १४१.१ मिलिमिटर, इलामको कन्याममा १०७.२ मिलिमिटर, कन्काई मैनाचुलीमा १११ मिलिमिटर, उदयपुरको सुन्दरपुरमा ११९.६ मिलिमिटर, सप्तरीको रुपनी बजारमा ११५ मिलिमिटर वर्षा मापन भएको, कैलालीको धनगढीमा १०१ मिलिमिटर वर्षा भएको छ।

धेरै जिल्लाहरूमा पछिल्लो २४ घण्टायता ५० मिलिमिटर भन्दा बढी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो एक घण्टामा झापाको केचनामा १६ मिलिमिटर वर्षा मापन भएको छ।

मोरङ, सप्तरी, सर्लाही, काठमाडौं लगायत विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ। दिउसो सातै प्रदेशमा भारी वर्षा र केही स्थानहरूमा धेरै भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका