जोडिनुहोस
  • होमपेज
  • यी हुन् आईओएम र आईओईमा डिनका प्रतिस्पर्धी प्राध्यापक

यी हुन् आईओएम र आईओईमा डिनका प्रतिस्पर्धी प्राध्यापक

काठमाडौं। त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)को डिन बन्न १३ र इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ) को डिनका लागि ११ जना प्राध्पाकले आवेदन दिएका छन् ।

आईओएमको डिनका लागि पूर्वडिन दिव्यासिंह साहसहित अभिमन्यु झा, मोहनराज शर्मा, निरजु रञ्जित, रामचन्द्र अधिकारी, रमेशसिंह भण्डारी, दिनेश काफ्ले, उत्तमकृष्ण श्रेष्ठ, मिठा राना, ज्योतिबाबु श्रेष्ठ, संघरत्न बज्रचार्य, रत्नमणि गजुरेल र सुधा बस्नेतको आवेदन परेको हो।

सिंहको कार्यकाल सकिएपछि त्रिविले प्रतिस्पर्धाको आधारमा डिन नियुक्ति गर्न दुई साताअघि दरखास्त आह्वान गरेको थियो। त्यस्तै आईओइको डिनका लागि सहायक डिन सुशील बज्रचार्यसहित नन्दविक्रम अधिकारी, राजन सुवाल, सुदन झा, लक्ष्मण पौडेल, सुर्वण शाक्य, महेशचन्द्र लुइलेट, हरिराम पराजुली, भोलानाथ शर्मा घिमिरे, जगतकुमार श्रेष्ठ, सञ्जिता सिंहको आवेदन परेको छनोट तथा सिफारिस समितिले जनाएको छ।

त्रिवि कार्यकारी परिषदले आईओएमको डिन छनोटका लागि प्राध्यापक केके ओलीको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरेको छ। आईओईमा पूर्वडिन जीवराज पोखरेलको संयोजकत्वमा समिति गठन गरेको हो। आवेदकहरूको प्रशासनिक, प्राज्ञिक अनुभव, अनुसन्धानसम्बन्धी लेख, प्रविधि, अनुसन्धानमूलक पुस्तक, पाठ्यक्रम निर्माण, परीक्षा तथा मूल्यांकनसम्बन्धी दक्षता र योजनामा छुट्टाछुट्टै अंक तोकी कुल एक सय पूर्णाङ्कमा प्रतिस्पर्धा हुने मापदण्ड तोकिएको छ।

अन्त्यमा अन्तर्वार्तासहित मूल्यांकन गरी ‘मेरिट’ का आधारमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने मापदण्ड छ। चिकित्सा र इन्जिनियरिङ अध्ययन संस्थानको डिन आकर्षक पद मानिन्छ। यसअघि पनि यी संस्थानमा डिन बन्न पहुँचका आधारमा राजनीतिक लबिइङ हुँदै आएको छ। ९ संकाय र संस्थान मध्ये त्रिविले ८ वटा डिन नियुक्तिका लागि दरखास्त माग गरेको थियो।

विज्ञान, प्रविधि अध्ययन संस्थानको डिनका लागि ११, मानविकी तथा सामाजिक शास्त्र संकायको डिनको लागि ९, वन विज्ञान अध्ययन संस्थान र शिक्षा संकाय डिनका लागि ८–८ जना प्राध्यापकले दरखास्त दिएका छन्। व्यवस्थापन संकायको डिन बन्न ६ र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिनका लागि ५ जनाको आवेदन परेको छ। कम्तीमा १० वर्ष प्राध्यापनरत प्राध्यापक वा सहप्राध्यापक मात्र डिन नियुक्त हुन पाउने मापदण्ड तोकिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका