जोडिनुहोस
  • होमपेज
  • युक्रेनमा आक्रमण गर्न ढिला भएको पुटिनको निष्कर्ष

युक्रेनमा आक्रमण गर्न ढिला भएको पुटिनको निष्कर्ष

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले केही समय अगाडी नै युक्रेनमा आक्रमण गरेको भए राम्रो हुने बताएका छन् । उनले युक्रेनमा आक्रमण गर्न ढिला भएको भन्दै सन् २०२२ को युद्धका लागि बनाएको विशेष योजना बल्ल अगाडि बढेको बताए ।

सन् २०१४ मा रुसले युक्रेनबाट क्रिमिया लिएको थियो । त्यसपछि पूर्वी युक्रेनमा तनाव शुरू भएको थियो । त्यसको आठ वर्षपछि रुसले किभमा आक्रमण थालेको हो ।

एक अन्तर्राष्ट्रिय टिभी च्यानलमार्फत प्रसशारण भएको पत्रकार सम्मेलनमा पुटिनले आणविक हतियार, सिरियाका निर्वासित नेता तथा अन्य घरेलु एजेन्डाबारे आफ्नो धारणा राखेका छन् ।

उनले रुसको राष्ट्रिय झन्डा र कब्जा गरिएको युक्रेनी भूभागसहितको रुसको नक्सालाई छेउमा राखेर मन्तव्य राख्नुभएको बीबीसीले जनाएको छ ।

कार्यक्रममा पुटिनले रुसको सार्वभौमिकता बलियो हुँदै गएको दाबी गरेका छन् । उनले सिरियाली पूर्व राष्ट्रपति बशर अल असद भाग्नुलाई रुसको हारको रूपमा बुझ्नु गलत भएको समेत बताए ।

असदलाई रुसले आश्रय दिएको भएपनि पुटिनले अझै उनीसँग कुराकानी गरेको छैन । उनले भूमध्य सागरीय तट लगायत विषयमा सिरियाको नयाँ नेतृत्वसँग तुरुन्त वार्ता गर्ने योजना रहेको बताए ।

पुटिनले चीनसँगको सम्बन्ध अहिलेसम्मकै माथिल्लो उचाइमा पुगेको र विश्वलाई नयाँ दिशा दिन सहकार्यको सम्भावना रहेको बताएको खबरमा उल्लेख छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका