जोडिनुहोस
  • होमपेज
  • एसीसी महिला यू-१९ एसिया कप : वर्षा बाधक हुँदा नेपालले श्रीलंकासँग बाँड्यो अंक

एसीसी महिला यू-१९ एसिया कप : वर्षा बाधक हुँदा नेपालले श्रीलंकासँग बाँड्यो अंक

काठमाडौं। एसीसी महिला यू-१९ महिला एसिया कपअन्तर्गत सुपर-४ को खेलमा नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक बनेको छ।

जससँगै खेल रद्द भएको छ भने दुवै टोलीले एक एक अंक बाडेका छन्। जससँगै नेपाल सुपर-४ को अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ।

नेपालले दुई खेलबाट दुई अंक जोडेको छ। तीन अंक जोडेको भारत शीर्ष स्थानमा छ। नकारात्मक रनरेट भएको तेस्रो स्थानको बंगलादेशको पनि २ अंक छ। श्रीलंका एक अंक जोडेर चौथो स्थानमा छ।

अब नेपालले भोलि सुपर-४ को अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ। जित निकाले नेपालले फाइनल खेल्नेछ। खेल रद्द भए पनि नेपाल फाइनल पुग्नेछ। हार भने नेपाल बाहिरिनेछ।

सुपर-४ का शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ। बिहिबार मलेसियाको बायुमास क्रिकेट ओभलमा श्रीलंकाविरूद्ध टस जितेको नेपालले पहिले बलिङ गरेको थियो। नेपालले एक ओभरमा श्रीलंकाको एक विकेट लिएपछि खेल वर्षाले अवरुद्ध भएको थियो।

यसअघि समूह ‘ए’ को उपविजेताको रुपमा नेपाल सुपर-४ मा पुगेको थियो। समूहमा नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाले रद्द हुँदा अंक बाडेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका