जोडिनुहोस
  • होमपेज
  • यू–१९ महिला एसिया कपको समूह चरणमा नेपाल अपराजित, भारतसँग अंक बाँड्यो

यू–१९ महिला एसिया कपको समूह चरणमा नेपाल अपराजित, भारतसँग अंक बाँड्यो

काठमाडौं। एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले अपराजित रहँदै सुपर फोर खेल्ने भएको छ ।

मंगलबार भएको खेलमा नेपालले भारतसँग अंक बाँडेपछि नेपाल समूह चरणमा अपराजित रहेको हो । समूह चरणको दोस्रो खेलमा वर्षा बाधक बनेपछि नतिजा नआउँदा नेपाल र भारतले अंक बाँडेका हुन् ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३.१ ओभरमा २८० को अवस्थामा खेल्दा पानी परेपछि खेल रोकिएको थियो । खेल त्यसपछि सुरू हुन सकेन र नतिजा नआएपछि अंक बाँडेका हुन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् ।

भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिएकी थिइन् । नेपालले सोमबार भएको पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान बनाइसकेको थियो । पाकिस्तान भारतसँग पनि पराजित भएको थियो ।

नेपाल समूह बी मा दोस्रो स्थानमा रहेर सुपर फोरमा प्रवेश गरेको हो । भारतसँग अंक बराबर भएपनि नेटरनरेटमा नेपाल केही पछि पर्यो । अब सुपर फोरमा भारत र नेपालसँगै श्रीलंका र बंगलादेश खेल्ने छन् । शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका