जोडिनुहोस
  • होमपेज
  • रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको आग्रह

रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको आग्रह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न रास्वपाले सभामुखलाई अनुरोध गरेको छ । सभामुख देवराज घिमिरेलाई सोमबार सिंहदरवारमा भेटेर रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले निलम्बन नगर्न आग्रह गरेका हुन् ।

जवाफमा सभामुख घिमिरेले यसबारे आफूहरू छलफलमा रहेको भन्दै संविधान, कानुन र संसद् नियमावली हेरेर निर्णय गर्ने बताएका थिए । रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको छ ।

रास्वपा नेताहरुले कांग्रेसका तत्कालीन सांसद टेकबहादुर गुरुङको मुद्दाको उदाहरण दिँदै रविलाई निलम्बन गर्न नमिल्ने तर्क गरेका थिए । विशेष अदालतले गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि उनी संसदबाट निलम्बित भएको सूचना जारी गरेको थियो ।

तर सर्वोच्च अदालतले निलम्बन गर्न नमिल्ने फैसला गरेपछि उनी सांसद पदमा बहाल छन् ।
रवि कात्तिक २ मा पक्राउ परेको र आइतबार मुद्दा दर्ता भएको भनेर जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुख घिमिरेलाई जानकारी गराइसकेको छ ।

प्रतिनिधि सभा सदस्य नियमावलीमा प्रचलित ऐनमा अन्यथा लेखिए बाहेक कुनै पनि कसुरमा पक्राउ परेको प्रतिनिधि सभा सदस्य पुर्पक्षका लागि थुनामा गएको अवस्थामा निलम्बनमा पर्ने उल्लेख छ ।

यससम्बन्धी व्यवस्था प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका