जोडिनुहोस
  • होमपेज
  • रवि पक्राउपछि सूर्य थापाको प्रतिक्रिया: ‘क्लिनचिट’ चलचित्र फ्लप भयो, ‘प्रतिशोध’ नयाँ मञ्चन

रवि पक्राउपछि सूर्य थापाको प्रतिक्रिया: ‘क्लिनचिट’ चलचित्र फ्लप भयो, ‘प्रतिशोध’ नयाँ मञ्चन

सहकारीको बचत रकम हिनामिनाको छानबिन गर्न सांसद थापा नेतृत्वमामा बनेको संसदीय विशेष समितिले रविमाथि कारबाहीको सिफारिस गरेको थियो।

तर, प्रतिवेदनपछि रास्वपाका नेताहरू र स्वयम् सभापति रविले पनि क्लिन चिट पाएको भन्दै टिप्पणी गरेका थिए।

त्यही प्रतिवेदन कार्यान्वयनका क्रममा शुक्रबार रवि पक्राउ परेको प्रहरीले जनाएको छ।

त्यसको प्रतिक्रियामा सांसद थापाले फेसबुकमा लेखेका छन्, ‘क्लिन चिट’ र सफाइ चलचित्र केही दिनमै सर्वत्र फ्लप भए लगत्तै  कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ– प्रतिशोध !’ त्यो पनि सुपर फ्लप हुने बाटोमा रहेको भन्दै थापाले प्रतीक्षा गर्न आह्वान गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका