जोडिनुहोस
  • होमपेज
  • रवि लामिछाने भैरहवामा, भोली जिल्ला अदालत रुपन्देहीमा हाजिर हुने

रवि लामिछाने भैरहवामा, भोली जिल्ला अदालत रुपन्देहीमा हाजिर हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोली बुधवार रुपन्देही जिल्ला अदालतमा हाजिर हुने भएका छन् । जसका लागि सभापति लामिछाने भैरहवा पुगिसकेका छन् ।

बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि लामिछाने आज मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पुगेका हुन् ।

लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो ।

लामिछाने, छविलाल जोशी, जीवी राईसहित पूरक अभियोगका १४ र सुरु मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका