जोडिनुहोस
  • होमपेज
  • रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई

रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई

काठमाडौं। ‘मिस्टर काठमाडौं’को उपाधि विजेता प्रकाश राईको मृत्यु भएको छ ।

केही दिनअघि मात्रै उपाधि जितेका प्रकाशको हृदय घातका कारण मृत्यु भएको बताइएको छ ।

पाँचौँ ’मिस्टर काठमाडौं’ शारीरिक सुगठन प्रतियोगिताका विजेता ४५ वर्षीय राईलाई असहज भएपछि बुधवार बिहान ग्रान्डी अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । राईले केही दिन अघि ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए ।

मोरङको बेलबारीका राई टिम म्यानेजरसहित होटेलमा बस्दै आएका थिए । आफन्त आएपछि थप प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका