जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिले गरे भारत र मलेसियाको राजदूत नियुक्त

राष्ट्रपतिले गरे भारत र मलेसियाको राजदूत नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् ।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका